नियम ४
घर जग्गा मूल्याङ्कन समितिको गठन
(१) नेपाल सरकारले ऐनको प्रयोजनको निमित्त ऐन अन्तर्गत तोकिदिएका हरेक शहरी क्षेत्रको निमित्त समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी र गैर-सरकारी सदस्यहरू भएको एउटा घर जग्गा मूल्याङ्कन समिति (यसपछि “समिति” भनिएको) गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) अन्तर्गत गठन भएको समितिमा कमसेकम एकजना सरकारी वा गैर-सरकारी इञ्जिनियर वा ओभरसियर सदस्य रहने
छ ।
(३) उपनियम (१) अन्तर्गत गठन भएको कुनै समितिको यो ऐन अन्तर्गतको काम सकिएपछि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो समितिलाई खारेज गर्नेछ ।